Home  
Janahit Voice

बेपत्ता भएको १० दिनपछि डाक्टर कोइराला मृत फेला

२० भाद्र २०८०, बुधबार

काठमाण्डौं- सप्तकोशी नदीको पुलमा कार छोडेर बेपत्ता भएका चिकित्सक प्रज्ज्वल कोइरालाको शव फेला परेको छ।

उनी भदौ १० गते राति उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर उनी वेपत्ता भएका थिए । त्यसबेला प्रहरीले उनले लगाएको जुत्ता र उनको मोबाइल सप्तकोशी नदी किनारमा भेट्टाएको थियो ।

झापा, दमक–१ का बासिन्दा उनी मोरङ उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत थिए। ३२ वर्षीय सर्जन कोइरालाको शव मंगलबार अपराह्न फेला परेको प्रहरीले जनाएको छ।

उनको शव बराहक्षेत्र नगरपालिका–२ स्थित कोशीको भंगालोमा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। ‘शव सडेगलेको अवस्थामा फेला परेको छ, प्रहरीका अनुसार आफन्तले शव पहिचान गरीसकेका छन।

कोसीमा माछा मार्नेहरूले शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनले आत्महत्या किन गरे भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *