Home  
Janahit Voice

सिराहामा विवाहित छोरीको अविवाहित नागरिकता बनाउन खोज्दा बुबा पक्राउ

२० भाद्र २०८०, बुधबार

सिराहा- सिराहामा विवाहित छोरीलाई अविवाहित भनेर नागरिकता बनाउन खोज्ने बुबालाई प्रहरीले पक्राउ गरेको छ । सिराहाको नवराजपुर गाउँपालिका– ३ का अरबिन्दकुमार यादवले २२ वर्षीया छोरी सुनिताकुमारी यादवलाई अविवाहित भनेर नागरिकता बनाउन खोज्दा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सिराहामा विवाहित भए पनि झुटो विवरण पेस गरी छोरीलाई नागरिकता बनाउन खोज्दा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले बुबालाई पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय सिराहाकाअनुसार नागरिकता सनाखतको क्रममा विवाहित भएको पुष्टि भएपछि झुटो विवरणसहित सनाखत गर्ने बुबा अरबिन्दलाई पक्राउ गरिएको बताए ।

विवाहित छोरीलाई अविवाहित नागरिकताको सिफारिस गर्ने वडाध्यक्ष वंशीलाल यादवलाई पपनि नियन्त्रणमा लिइने जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ । जानाजान विवाहितलाई अविवाहित भनेर सिफारिस गर्ने नवराजपुर गाउँपालिका– ३ का वडाध्यक्ष यादवलाई नियन्त्रणमा लिएको बताइएको छ।यस विषयमा थप छानबिन गर्नुपर्ने भएकाले वडाध्यक्षलाई पनि झिकाउने निर्देशन प्रजिअबाट प्राप्त भएको प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *