Home  
Janahit Voice

आज कोशी प्रदेश सरकारबिरुद्धको मुद्दाको सुनुवाई हुँदै

२१ भाद्र २०८०, बिहीबार

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा सुनुवाई हुँदैछ ।

यो मुद्दाउपर सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ ।

मुख्यमन्त्री थापाले संविधान विपरित विश्वासको मत लिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो । विश्वासको मत लिँदा प्रदेश सभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै रिट परेको हो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *