Home  
२१ भाद्र २०८०, बिहीबार
आज सन्दीप लामिछानेबिरुद्धको मुद्दाको सुनुवाई हुँदै
काठमाण्डौं- क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ ।
लामिछानेबिरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ ।
१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौँको एक होटेलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
मुद्दाको टुङ्गो नलागेकै अवस्थामा सन्दीपले पाकिस्तान र श्रीलंका पुगेर एसिया कप खेली नेपाल फिर्ता भइसकेका छन् ।