Home  
Janahit Voice

घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?

२१ भाद्र २०८०, बिहीबार

काठमाण्डौं- बुधबार पनि सुन–चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *