Home  
Janahit Voice

आफ्नै घरमा मृत फेला परिन् १ महिला

२२ भाद्र २०८०, शुक्रबार

बाजुरा- बाजुरामा घरभित्र एक जना महिला मृत फेला परेकी छन्।

मृत फेला पर्नेमा बुढीनन्दा नगरपालिका-१० पाण्डुसैनकी जयपुरा शाही रहेकी छिन।
उनी बिहीबार आफ्नै घरमा मृत फेला परेकी हुन्।

उनी बुधबार श्रीकृष्ण जन्मअष्टमीको दिन बाहिर देखिएकी थिइनन्। बिहीबार पनि नदेखिएपछि उनको घरमा जाँदा मृत फेला परेपछि प्रहरीलाई खबर गरेको छिमेकीले बताएका छन।

उनी लामो समयदेखि माइती घरमा एक्लै बस्दै आएकी थिइन्। शाहीको मुगु नखर्चीमा विवाह भएको थियो। श्रीमानले दोस्रो विवाह गरेपछि उनी डेढ दशकदेखि माइतीमा बस्दै आएकी थिइन्। उनले घरमै सानो पसल सञ्चालन गरेकी थिइन्।

स्थानीयले उनको घरमा लुटपाट गरी हत्या गरेको दाबी गरेका छन्। आफन्तले शाहीको हत्या भएको भन्दै प्रहरीलाई किटानी जाहेरी समेत दिएका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराले शाही घरभित्र झुण्डिएको अवस्थामा फेला परेको बताएका छन। पोस्टमार्टम रिपोर्ट अनुसार घटनाको अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *