Home  
Janahit Voice

स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर लागेर १ को मृत्यु

२२ भाद्र २०८०, शुक्रबार

वालिङ- स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ६ रसखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३६ वर्षका यमबहादुर थापा रहेका छन।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पाँच जना साथीहरू मिलेर माछा मार्न गएका थापाको आज बिहान २ बजेतिर मृत्यु भएको हो।

सँगै माछा मार्न गएका अन्य व्यक्तिहरू वालिङ ६ थापा डाँडाका ३६ वर्षीय तिलबहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नगरपालिका १० का ३७ वर्षीय दीपेन्द्र अधिकारी, पर्वतको पैयुँ गाउँपालिका घर भई हाल वालिङ ६ स्थित तारादेवी ब्लक उद्योगमा काम गर्ने २० वर्षीय अनिल चौधरी र कञ्चनपुर बेलौरी नगरपालिका ६ घर भई तारादेवी ब्लक उद्योगमा नै काम गर्ने वर्ष ६० को बलदेव रानालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूको साथबाट माछा मार्न प्रयोग हुने तार, रड र बाँसको भाटासहित बरामद गरेको छ। शवलाई पोस्टमार्टमको लागि गह्रौँ प्राथमिक अस्पताल वालिङमा राखिएको र थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *