Home  
Janahit Voice

भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा हो : राजेन्द्र लिङदेन

२२ भाद्र २०८०, शुक्रबार

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध चालेको कदमप्रति राप्रपाको समर्थन रहेको बताएका छन् ।

शुक्रबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै, उनले भने, ‘सरकारलाई स्याबासी नै दिनुपर्ने अवस्था आएको छैन,’ बरु सरकारले भ्रष्टाचारलाइ जरैदेखि उखेल्छ भने सरकारलाई राप्रपाले समर्थन मात्र होइन सरकारलाई अफ्ठेरो पर्दा समर्थन र सत्ता टिकाउन पनि सहयोग गर्छ।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ताकेन्द्रित राजनीति नगर्ने बताएका छन् । सुर्खेत विमानस्थलमा भएको पत्रकार भेटघाटमा अध्यक्ष लिङ्देनले राप्रपाले पदको बार्गेनिङ गरेर सत्तामा नजाने बताएका हुन् ।

‘राप्रपा बाहिर बसेर भ्रष्टाचारविरुद्ध दरिलो खम्बा भएर उभिन सक्छ तर पदको लोभले सत्ताको राजनीति गर्दैन । सरकारलाई राप्रपाले समर्थन मात्र होइन सरकारलाई अप्ठेरो पर्दा समर्थन र सत्ता टिकाउन पनि सहयोग गर्छ,’ उनले भने ।

उनले नेपालको राजनीतिमा गर्वकासाथ शिर ठाडो पारेर आँखामा आँखा जुधाएर भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा भएको दाबीसमेत गरेका छन् ।

सुर्खेतमा हुने कार्यक्रर्ता प्रशिक्षणका लागि अध्यक्ष लिङ्देनसहितका नेताहरू आज सुर्खेत आएका हुन् । पार्टीको प्रशिक्षण कार्यक्रममा लागि लिङ्देनसहित कुन्ती शाही, ध्रुवबहादुर प्रधानलगायतका नेताहरू सुर्खेत आएका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *