Home  
Janahit Voice

कोसी मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त,आजै शपथ ग्रहणसँगै २ मन्त्री नियुक्त गर्ने तयारी

२२ भाद्र २०८०, शुक्रबार

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त हुने भएका छन्।
कार्कीको माग बमोजिम नै मुख्यमन्त्री उद्धब थापालाई बर्खास्त गर्दै सर्वोच्च अदालतले ४८ घण्टामा कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको छ ।

मुख्यमन्त्रीमा नियुक्तलगत्तै कार्कीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन। मुख्यमन्त्रीले शपथ ग्रहणसँगै आजै दुईजना मन्त्री नियुक्त गर्ने तयारी छ ।

तिलकुमार मेन्याङ्वो र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी भएको एमाले स्रोतले जनाएको छ। मेन्याङ्गो कार्की नेतृत्वको सरकारमा समेत मन्त्री थिए ।

सर्वोच्च अदालतका न्यायधीश सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इलासले यस्तो आदेश गरेको हो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *