Home  
Janahit Voice

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

२२ भाद्र २०८०, शुक्रबार

काठमाडौं- भदौ २४ गतेका बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको छ ।

अर्को बैठकको मिति र समय अध्यक्षले पछि निर्धारण गर्ने संसद सचिवालयले जनाएको छ।

​राष्ट्रिय सभामा अहिले जम्मा ३ वटा विद्येयकहरु मात्रै रहेका छन्। अध्यागमन विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफल गरि प्रतिवेदन पेस भइसकेको छ ।

तर गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्ययनका लागि समय मागेको र अध्ययन गरेर खबर नगरेका कारण कार्यसूचीमा राख्न नसकेको सचिवालयले जनाएको छ। यो विधेयक पारित गर्न मात्रै बाँकी छ ।

विद्युतीय कारोबार सम्बन्धी विधेयक र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक समितिमा दफावार छलफलमा रहेका छन । राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा गएका ८ वटा विधेयक पनि फिर्ता आएका छैनन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *