सर्लाहीको मलंगवाको कर्फ्यु हट्यो, २७ गतेसम्म निषेधाज्ञा जारी
जनकपुरधाम- शुक्रबार रातिदेखि अशान्त बनेको मलङ्वाको जनजीवन समान्य बन्दै गएको छ । सर्लाहीको मलगंवामा मूर्ति सेलाउने क्रममा दुई समुदायबीच भएको झडपपश्चात लगाइएको कर्फ्युलाई हटाएर निषेधाज्ञा जारी गरिएको छ।
शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्म लगाइएको कर्फ्युलाई हटाएर भदौ २७ गते राति १२ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।
शुक्रबार कृष्ण जन्माष्टमीको din कृष्णको मूर्ति सेलाएर फर्कने क्रममा दुई समुदायबीच झडप भएको थियो। शनिबार समेत सो घटनाका कारण हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको थियो।
तर शान्ति सुरक्षाको अवस्था सामान्य रहेकोले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) ९१० ९३० बमोजिम जारी कर्फ्यु आदेश हटाइएको प्रहरीको भनाइ छ।
सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साविक मलंगवा नगरक्षेत्र पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट-बाबा पेट्रोल पम्म सीमा क्षेत्रभित्र कुनै प्रकारको भेला हुन नपाउने, जुलुस गर्न नहुने, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) ९२० ९१० र दफा ६ (ख) को ९१० (ग) बमोजिम आज विहान ८ बजेदेखि भदौ २७ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।