Home  
Janahit Voice

मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्पमा,मृत्यु हुनेको संख्या पुग्यो २ हजार १०२

२४ भाद्र २०८०, आईतवार

काठमाण्डौं- भूकम्पमा परी मोरक्कोमा मृत्यु हुनेको संख्‍या २ हजार नाघेको छ।

शुक्रबार राति स्थानीय समयअनुसार ११:११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म २ हजार १०२ जनाको मृत्यु भएको सिएनएनले उल्लेख गरेको छ।

भूकम्पमा परेका १ हजार ४०४ जनाको अवस्था गम्भीर छ। पर्यटकीय शहर माराकेशबाट ७१ किलोमिटर दक्षिण पश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। यहाँ ८ लाख ४० हजार मानिसहरूको बसोबास रहेको सिएनएनले जनाएको छ।

भूकम्पबाट क्षतिग्रस्त ठाउँमा उद्धार टोली खटिएको छ। यद्यपि भूकम्पले थुप्रै भवन, सडकहरू भत्किएको र अवरूद्ध भएकाले पनि उद्धार गर्न समस्या भइरहेको सिएनएनले जनाएको छ।

धेरैजस्तो मानवीय क्षति माराकेश शहरमा भएपनि अन्य पाँच प्रान्तमा पनि भूकम्पको धक्का महशुस भएको थियो।

मोरोक्को सरकारले आफ्ना नागरिकहरूलाई रक्तदान गर्न पनि आह्वान गरेको छ। घाइतेको उपचारका लागि आवश्यक पर्ने हुँदा रक्तदान गर्न मोरोक्कोको ब्लड ट्रान्सफ्युसन एन्ड हेमाटोलोजी सेन्टरले आह्वान गरेको हो।

माराकेशका ऐतिहासिक पर्खालहरूमा पनि क्षति पुगेको छ। शक्तिशाली भूकम्पपछि संयुक्त राष्ट्रसंघले मोरोक्कन सरकारलाई सहयोग गर्न तयार भएको घोषणा गरेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *