Home  
Janahit Voice

अब वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले वीर अस्पतालबाट स्वास्थ्य सेवा दिने

२४ भाद्र २०८०, आईतवार

काठमाण्डौं- त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) बाट केहिदिन अघि मात्रै अवकाश पाएका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले अबदेखि वीर अस्पतालबाट सेवा दिने भएका छन् । डा. कोइराला चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा आवद्ध भइ बिरामीलाई सेवा
दिन लागेका हुन।

अस्पतालका निर्देशक डा.सन्तोष पौडेलका अनुसार भगवान कोइरालाले न्याम्समा भिजिटिङ प्रोफेसरको रुपमा एकेडेमिक (शैक्षिक) कार्यक्रममा सहभागी हुने जानकारी दिएका छन् । उनले वीर अस्पतालबाट मुटु उपचार सेवा प्रदान गर्ने जानकारी दिदै गत हप्ता देखि नै न्याम्समा आवद्ध भएको बताएका छन।

साथै डा. कोइरालाले आफुले वीर अस्पतालमा मुटुको एउटा जटिल शल्यक्रियामा पनि सहभागी भएको जानकारी गराए । अब ओपिडी र शल्यक्रियालाई नियमित गर्ने उनको भनाइ छ । त्रिवि आईओएम अन्तर्गतका विभिन्न अस्पतालमा गरी २८ वर्ष सेवा प्रदान गरेका डा. कोइरालाले उमेर हदका कारण ९ साउनमा अवकाश पाएका थिए। कोइराला पछिल्लो समय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्प्लान्ट सेन्टरबाट सेवा दिदै आएका थिए ।

‘आम नागरिकको मुटु उपचारका लागि कोइरालाले वीरमा दुई दिन ओपिडी र दुई दिन शल्यक्रिया गर्ने योजना रहेको बताएका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *