Home  
Janahit Voice

६० किलो सुन तस्करी प्रकरण: विमानस्थल भन्सारका ३ कर्मचारी पक्राउ

२४ भाद्र २०८०, आईतवार

काठमाडौं- ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले भन्सार कार्यालयका ३ कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाहरु कमल परियार र वीरेन्द्र नेपाली रहेका छन् ।

ब्रेक सु मा लुकाई छिपाई गरिएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ।

सीआईबीले यो प्रकरणको अनुसन्धान यही हप्ताभित्र सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६० किलो ७ सय १६ ग्राम सुन गत साउन ३ मा राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *