Home  
Janahit Voice

ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङलाई २ करोड ४६ लाख धरौटीमा छाड्न आदेश

२४ भाद्र २०८०, आईतवार

काठमाडौँ- जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार सो आदेश दिएको हो ।

मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।

जिल्ला अदालतले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको छ, तर सबैको धरौटी रकम बेग्लाबेग्लै छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *