Home  
Janahit Voice

करेन्ट लागेर दुई जनाको मृत्यु

२५ भाद्र २०८०, सोमबार

काठमाडौँ- करेन्ट लागेर छुट्टाछुटै ठाउँमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका-३१ शान्तिनगरमा खाजा घर सञ्चालन गरी बस्ने भोजपुर षडानन्द नगरपालिका घर भएका ४५ वर्षीय मेम्बर काजी राई रहेका छन।

उनको करेन्ट लागेर आइतबार राति मृत्यु भएको हो। खाजा घरभित्र लत्रिएको विद्युतको तार हटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिभिल अस्पताल बानेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।

तेस्तै उता रौतहटको परोहा नगरपालिका-६ भेडियाही टोल बस्ने ४० वर्षीया सुनिता पटेलको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरको छतमा विजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको परोहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *