Home  
Janahit Voice

भ्रमणमा अमेरिका जाने टोलीको संख्या घटाउन प्रचण्डको निर्देशन

२५ भाद्र २०८०, सोमबार

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भ्रमण टोलीको संख्या घटाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन भदौ ३० गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युर्योक जान लागेका हुन् । अनावश्यक भ्रमण नगर्ने र अनावश्यक व्यक्तिलाई भ्रमण दलमा सहभागी नगराउने नीतिअनुसार संख्या घटाइएको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ ।

यसअघि प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री एनपी साउदसहित २४ जनाको टोली अमेरिका जाने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले सो संख्या घटाउन निर्देशन दिएको स्रोतले जनाएको छ ।

सोमबार बिहान प्रधानमन्त्रीले मुख्यसचिव बैकुण्ठ अर्याललाई बोलाएर यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकारले मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसँग कति जनाको टोली जाने भन्ने निर्णय गर्ने बताएका छन।

प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि प्रचण्ड असोज ५ गते न्युयोर्कबाट चीन प्रस्थान गर्नेछन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *