Home  
Janahit Voice

सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा

२६ भाद्र २०८०, मंगलवार

काठमाडौं- सुक्खा पहिरो खस्दा अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–६, नाम्सी पुलनजिक सडकमा पहिरो खस्दा अवरुद्ध भएको बाटो खुलाइएको हो ।

आज बिहान सो स्थानमा सुक्खा पहिरो खसेको थियो । पहिरो पन्छाएर दुईतर्फी रूपमा यातायातका साधन सञ्चालन गराइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

“मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा पहिरोका कारण अवरुद्ध भएको सडक यातायात दुईतर्फी सञ्चालनमा आएको जानकारी गराउँछौँ,” सो कार्यालयद्वारा मंगलबार बिहान ९ बजे जारी सूचनामा उल्लेख छ ।

नारायणगढ-मुग्लिन सडकखण्ड पटक-पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *