Home  
Janahit Voice

सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय

२६ भाद्र २०८०, मंगलवार

काठमाडौं- सरकारले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

तेस्तै मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ।

एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता नेम्वाङको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट एमाले पार्टी कार्यालयमा लैजान लागिएको छ। नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने बताइएको छ।

एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार नेम्वाङको पूजाआजा गरेर अन्तिम संस्कार गरिने छ। छोराहरु विदेशमा रहेकाले नेम्वाङको अन्त्येष्टिको टुंगो नलागेकाले जुन दिन अन्त्येष्टि हुन्छ सोही दिन सार्वजनिक बिदा दिनेगरी सरकारले निर्णय गरेको गरेको बताइएको छ।

बालुवाटारस्थित घरको शौचालयमा बेहोस भएपछि एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता नेम्वाङलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएपनि मंगलबार बिहान १ बजेर ४० मिनेटमा निधन भएको अस्पतालले घोषणा गरेको हो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *