Home  
Janahit Voice

दार्चुलाबाट ९ किलो चरेससहित दुईजना पक्राउ

२६ भाद्र २०८०, मंगलवार

दार्चुला- लागुऔषध चरेससहित प्रहरीले दार्चुलाबाट 2 जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका– ४ भटनाकी ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षीय जयबहादुर धानुक रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट आठ किलो आठ सय ५० ग्राम चरेस बरामद भएको बताइएको छ।

धामीको साथबाट ६ किलो र धानुकको साथबाट दुई किलो आठ सय ५० ग्राम चरेस बरामद गरिएको छ। दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *