Home  
Janahit Voice

आज सिआइबीले ६० किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउँदै

२७ भाद्र २०८०, बुधबार

काठमाण्डौं- ६० किलो सुन तस्करीसम्बन्धी अनुसन्धान करिब ४० दिन लगाएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले टुंग्याएको छ । सिआइबीले अनुसन्धान प्रतिवेदन (आज) बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गर्ने भएको छ। तस्करी प्रकरणमा ३० जना अभियुक्त छन्। सिआइबीले आज दिउँसो काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने बताइएको छ।

आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सिआइबीको तयारी छ । सङ्गठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ । यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी आज प्रतिवेदन बुझाउने मिति तय गरिएको हो ।

सिआइबीले २१ साउनदेखि अवैध सुन चोरी पैठारी तथा संगठित अपराधअन्तर्गत ६० किलो सुन तस्करीको अनुसन्धान गर्दै आएको छ । बरामदपछि राजस्व अनुसन्धान विभागले ६० किलो सुन अनुसन्धानको सम्पूर्ण मिसिल सिआइबीलाई बुझाएको थियो । त्यसयता घटनामा संलग्न १२ अभियुक्त पक्राउ परेका छन् । सुन राखिएका विभिन्न पाँच गोदाममा छापा मारिएको थियो ।

सिआइबीका अनुसार घटनामा तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ र चिनियाँ नागरिक याओ पुचेङलाई मुख्य अभियुक्त बनाइएको छ । त्यस्तै, मुख्य बिचौलियाका रूपमा रहेका चिनियाँ नागरिक टियान मी, वेन तोङ, डिङ सेग्फा, ली नेङकाई, ली वेन सुङ, किशोर बस्नेत, सुमन खरेललाई खास अभियुक्त बनाइएको छ ।

त्यसबाहेक पक्राउ परेका गणेश पौडेल, रामकुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जिक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, अधिकृत पुष्पा जोशी, नायब सुब्बाद्वय वीरेन्द्र नेपाली र कमल परियारलाई तस्करीका मुख्य मतियारका रूपमा खडा गरिएको छ ।

सिआइबीले अभियुक्तविरुद्ध ६० किलो सात सय १६ ग्राम सुनको मूल्यबराबरको बिगो दाबी गरेको छ । बुधबारको बजार भाउअनुसार बिगो दाबी गरिएको सुनको मूल्य ५६ करोड ४४ लाख रुपैयाँ पर्छ । ‘घटनामा ३० अभियुक्त पक्राउ परेका छन् । उनीहरूविरुद्ध बरामद भएको सुनको मूल्यबराबर बिगो दाबी माग गरिएको छ । यो भनेको करिब ५६ करोड ४४ लाख रुपैयाँ हुन आउँछ

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।उक्त सुन हङकङबाट विमान हुँदै काठमाडौं ल्याइएको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *