Home  
Janahit Voice

दाङमा मादक पदार्थ सेवन गरी छोराले गरे बाबुको हत्या

३१ भाद्र २०८०, आईतवार

काहमाण्डौं- दाङमा छोराले बाबुको हत्या गरेका छन् । हिजो राति मादक पदार्थ खाएका छोराले बाबुको हत्या गरेका हुन् । घोराही उपमहानगरपालिका– ५ दलजितपुर निवासी २८ वर्षीय छोरा सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेका हुन् ।

मादक पदार्थ सेवन गर्ने केसीले घरमा पटक पटक झगडा गरी आमाबुबालाई कुटपिट गर्दैआएका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार छोराको कुटपिटबाट गम्भीर घाइते भएका बाबुको उपचारका क्रममा मृत्यु भएको हो । बाबुको हत्या गर्ने छोरा केसीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *