Home  
Janahit Voice

सुनसरीमा दुई महिलाको हत्या

१ आश्विन २०८०, सोमबार

धरान- सुनसरीमा दुई महिलाको हत्या भएको छ। आफ्नै श्रीमान् र देवरले दुई महिलाको हत्या गरेको मृतकका आफन्तले आरोप लगाएका छन्।

सुनसरीको इनरुवा नगरपालिका–३ की २३ वर्षीया निकिता चौधरीको श्रीमान् ३२ वर्षीय नागेन्द्र भगतले हत्या गरेको मृतकका आफन्तले आरोप लगाएका छन्।

निकिताका भाई राकेश चौधरीले दाइजोका नाममा भिनाजु भगतले जानीजानी घाटी थिचेर दिदीको हत्या गरेको आरोप लगाएका छन्। दाइजोका विषयमा बीच विवाद भएपछि गएराति १० बजेको समयमा भगतले घरको सुत्ने कोठामा निकिताको घाँटी थिचेर हत्या गरेको भाइ राकेशको दावी छ।

निकिता र भगतको विवाह भएको २१ महिना भएको थियो। भगतले विवाह गरेको २१ महिनापछि थप दाइजो ल्याउन निकितालाई दबाद दिएर यातना दिने गरेको भाइ राकेशले बताएका छन्।

निकिताको मृत्युपश्चात माइती पक्षले दाइजोको निहुँमा निकिताको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा कर्तव्य ज्यान सम्बन्धी जाहेरी दिएका छन्।

सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले माइती पक्षको उजुरीका आधारमा आरोपित भगतलाई पक्राउ गरी घटनाको अनुसन्धान थालिएको बताए।

उनले शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको बताए। निकिताकी आफन्त सर्मिला चौधरीले निकिताको शरीरभरी निल डाम र घाँटीमा गम्भीर चोट लागेको बताइन्।

भगतले रातीको समयमा घरमा कोही नभएको बेला श्रीमती निकितालाई कुटपिट गरी घाँटी थिचेर हत्या गरेको माइती पक्षको आरोप छ। उनीहरूको विवाहमा निकिताका माइतीले ३५ लाख नगद , १० तोला सुन र ८० तोला चाँदी उपहार दिएको बताइएको छ।

निकिताका ११ महिनाका छोरा छन्। उनको हत्या पश्चात नाबालक छोराको बिचल्ली भएको छ। भगतले थप दाइजो माग गरी निकितालाई यातना दिएर हत्या गरेकाले हदैसम्मको कारबाही गर्न भाइ राकेशले माग गरे।

त्यस्तै सुनसरीकै कोशी गाउँपालिका–७ स्थित हरिपुरमा ३० वर्षीया एकल महिला उषा महतोको हत्या गरिएको छ। उनको १९ वर्षीय देवर सन्तोष महतोले फोनमा अरूसँग कुरा गरेको आरोपमा विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ।

एक वर्षअघि दाजुको मृत्यु भएपछि भाउजुलाई अंश दिनुपर्ने भनेर गलत मनसायका साथ पटकपटक कुटपिट गर्दै आएकोमा भदौ ३० गते झुक्याएर विष खुवाई बेहोस बनाएका कारण उषाको मृत्यु भएको बताइएको छ।

बिष खुवाएर गम्भीर घाइते भएकी उषालाई तत्काल जिल्ला अस्पताल इनरुवा लगिएकोमा थप उपचार गर्न कोशी अस्पताल रेफर गरेको थियो। सोही राति आमाको मत्यु भएको उषाका १२ वर्षीय छोरा राजेश महतोले बताए। उनले आमालाई काका सन्तोषले यातना दिने गरेको विष सेवन गराई हत्या गरेको बताए।

प्रहरी प्रमुख रेग्मीले उषाको मृत्यु सम्बन्धी उजुरी नपरेको बताए। उनले उषाले आफै विष सेवन गरेको वा कसैले विष खुवाएको विषयमा अनुसन्धान भइरहेको बताए। उषाको शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ। उनका तीन छोराछोरी छन भने एक वर्षअघि पति रन्जीत महतोको मृत्यु भएको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *