Home  
Janahit Voice

सिन्धुलीमा आगोले जलेर बालकको मृत्यु

२ आश्विन २०८०, मंगलवार

सिन्धुली- सिन्धुलीको मरिण गाउँपालिका–३ वरुणमा आगोले जलेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय दूधराज मुक्तानका छोरा अन्दाजी ३ वर्षका मनिष मुक्तान रहेका छन।

उनको घरकै अगेनाको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रहरीका अनुसार अपांगता भएका बालकलाई भान्साकोठामा झोलुंगोमा सुताएर परिवारका सदस्य खेतमा काम गर्न गएका थिए । त्यतिबेला बालक झोलुंगोबाट झरेर ३ फिट पर रहेको अगेनासम्म पुगेका थिए ।

बालकको टाउको र शरीरको पछाडिको भाग जलेको थियो । उनको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा राखिएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *