Home  
Janahit Voice

राष्ट्रपतिद्वारा संविधान दिवसको अवसरमा ६७० कैदीको सजाय माफी

३ आश्विन २०८०, बुधबार

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिदिएका छन् ।

उहाँले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदालतको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ ।

भीमबहादुर खवास, हर्कबहादुर लिम्बु, समदिन मियाँसहित ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिएको हो

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *