Home  
Janahit Voice

बाँकेको जयन्दु बाल सुधारगृहमा झडपहुँदा १ जनाको मृत्यु, १० घाइते

५ आश्विन २०८०, शुक्रबार

नेपालगन्ज-डुडुवा गाउँपालिका– ६ स्थित जयन्दु बाल सुधारगृहमा झडप हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ।

मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीका अनुसार झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

मृतक केसी अपहरण, शरीर बन्धक र जबर्जस्ती करणीमा सजाय भोगिरहेका थिए ।

राति करिब साढे १० बजेबाट भएको झडप दुई बजेसम्म भएकोबताइएको छ।।बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ। घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उक्त बाल सुधारगृहमा दुई सय ५५ जना छन् । ती सबैले एकसाथ प्रहरीमाथि आक्रमण गरी कार्यालय र सवारीसाधन तोडफोड गरेका छन् । तोडफाेडबाट सुधारगृह र कार्यालय भवनको झ्यालका सिसा फुट्नुका साथै कार्यालयमा रहेका कम्प्युटरलगायतका उपकरणमा क्षति पुगेको प्रहरीले बताएको छ।

सुधारगृहमा रहेका प्रहरीको सरकारी गाडी र एउटा निजी मोटरसाइकलमा समेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *