Home  
Janahit Voice

गएरातिदेखि मलंगवामा अनिश्चितकालीन कर्फ्यू

५ आश्विन २०८०, शुक्रबार

जनकपुरधाम- सर्लाही सदरमुकाम मलङ्गवामा गणेश पूजाको मूर्ती सेलाउने क्रममा दुई समुदायबीच झडप हुँदा जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ।

बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार मूर्ति सेलाउन जाने क्रममा साँझ साढे ७ बजे मुस्लिम बस्ती पुगेपछि बिजुलीको लाइन कट्यो । त्यहीबेला अज्ञात समूहबाट ढुंगामुढा प्रहार भएपछि झडप भएको थियो ।

त्यसैक्रममा एक युवकमाथि छुरा प्रहार भयो । छुरा प्रहार भएका ती युवकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

झडपबाट सर्वसधारणको जनधनमा हुन सक्ने सम्भावित जोखिम हुन नदिनका लागि कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।

सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन सक्ने स्थिति देखिएकोले पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट÷बाबा पेट्रोल पम्म) कर्फ्यु आदेश जारी गरिएको छ ।

बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ। शुक्रबार बिहानैबाट बजार क्षेत्रमा कसैलाई पनि प्रवेश गर्न दिइएको छैन। कर्फ्यु लगाइएको सीमा क्षेत्रभित्र कसैले आजवतजावत गर्न, भेला हुन, बाहिर हिंडडुल गर्न र कुनै प्रकारको उच्छृङ्खल गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ ।

आदेशको उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

यसअघि कृष्णाष्टमीको मूर्ति सेलाउने क्रममा पनि सोही बस्तीमा दुवै समुदायबीच झडप भएको थियो । त्यसपछि स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा जारी गरेको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *