Home  
Janahit Voice

राहत र पेन्सन बन्चित शिक्षकले आज पनि प्रदर्शन गर्ने

७ आश्विन २०८०, आईतवार

काठमाडौं- आज पनि राहत र पेन्सन बन्चित शिक्षकहरुको आन्दोलन हुने भएको छ । सरकारसँग शुक्रबार साँझ गरेको सहमति प्रति असन्तुष्ट राहत र पेन्सन बन्चित शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने भएको हो ।

शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन् ।

शुक्रबार सरकारसँग नेपाल शिक्षक महासंघलगायतले गरेको सहमति प्रति राहत र पेन्सन बन्चित शिक्षकहरुले भने असहमति प्रकट गरेका छन् । अन्य संगठनका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरेर घर फर्के पनि राहत र पेन्सन बन्चित शिक्षकहरु भने आन्दोलनमा नै रहेका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले जारी गरेको विज्ञप्तिमा असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको र सो सम्झौताको विरुद्ध भण्डाफोर गर्दै सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राख्ने निर्णय भएको जनाइएको छ ।

त्यस्तै पेन्सन बन्चित शिक्षक केन्द्रीय संघर्ष समितिले पनि सम्पूर्ण शिक्षक कर्मचारीको माग र मुद्दालाई सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरिएको जानकारी दिएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *