Home  
Janahit Voice

इराकमा विवाह स्थलमा आगलागी हुँदा १०० जनाको मृत्यु,१५० भन्दा बढी घाइते

१० आश्विन २०८०, बुधबार

काठमाडौं- इराकमा एक विवाह भइरहेको हलमा आगलागी हुँदा कम्ती १०० जना मानिसको मृत्यु भएको छ भने १५० भन्दा बढी मानिस घाइते भएका छन्।

द न्युयोर्क टाइम्सका अनुसार निनेभेह प्रान्तको हामदानिया क्षेत्रमा स्थानीय समयअनुसार १०ः४५ बजे उक्त घटना भएको हो ।

राजधानी बग्दाददेखि २५० माइलको दूरीमा रहेको उक्त क्षेत्रमा क्रिश्चियन धर्मालम्बीहरूको बाहुल्यता छ। विवाह पनि क्रिश्चियन परम्पराअनुसार भइरहेको थियो।

आगलागीको कारण के हो भन्ने खुल्न सकेको छैन। अधिकारीहरूका अनुसार पटाका पड्काएपछि त्यसको झिल्कोले हललाई छोएको हुन सक्छ। विवाह समारोह भइरहेको हल निकै कमसल र प्रज्वलनशील सामानबाट बनाइएकाले आगोले एकाएक विशाल रूप लिएको थियो।

आगलागीमा परेका दुलहा र दुलहीको अवस्था के छ भन्ने एकिन भइसकेको छैन।

इराकका प्रधानमन्त्री मोहम्मद सिया अल-सुडानीले घटनाको अनुसन्धान गर्न र पीडित परिवारलाई राहत उपलब्ध गराउन निर्देशन दिएका छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *