Home  
Janahit Voice

२ महिनापछि खुल्यो सुप विश्वविद्यालयको ताला

१२ आश्विन २०८०, शुक्रबार

कञ्चनपुर- दुई महिनापछि सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला खुलेको छ ।

विभिन्न माग राख्दै विद्यार्थी सङ्गठनहरूले केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच भएको सहमतिपछि खुलेको हो ।

विश्वविद्यालय प्रशासन र नेकपा(एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुबीच विश्वविद्यालयका नियुक्ति विश्वविद्यालयको ऐन, नियमबमोजिम गर्ने, विश्वविद्यालयको ऐनबमोजिम समायोजन गर्ने र गत भदौमा परीक्षा नियन्त्रक कार्यालयमा भएको तोडफोडपछि अनेरास्ववियुका नेतालाई लगाएको मुद्दा फिर्ता लिने सहमतिपछि केन्द्रीय कार्यालयको ताला खुलेको बताइएको छ।

केन्द्रीय कार्यालयमा साउन १ गते नेकपा (एमाले) निकट अनेरास्ववियु र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको थियो । यी दुई सङ्गठनसँग सहमति भएर यसअघि नै ताला खुले पनि समाजवादी निकट विद्यार्थी सङ्गठनको कारण ताला खुल्न सकेको थिएन ।

समाजवादी निकट अनेरास्ववियुका माग पूरा गर्ने सहमतिपछि आज विश्वविद्यालयको ताला खुलेको सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारीले जानकारी दिएका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *