Home  
Janahit Voice

सिन्धुलीको बोहोरेटारमा गाडी दुर्घटना हुदाँ १० जना घाइते

१२ आश्विन २०८०, शुक्रबार

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

सिन्धुलीबाट काठमाडौँ जाँदै गरेको म.प्र.०४–००१ ज. ००६२ नम्बरको गाडी आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते हुनेमा निरकुमार चालिसे, गार्की बस्नेत, कमला घिमिरे, राजन कार्की, मुकुन्द थापा, भुवन थापा, बबिता देवकोटा, विष्णु ढकाल, निश्चल ढकाल र सरोज थापा रहेका छन् । उनिहरुलाई उपचारका लागी धुलिखेल अस्पतालमा पठाइएको प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *