Home  
Janahit Voice

दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ जना घाइते

१५ आश्विन २०८०, सोमबार

दाङ- पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छ्न। ग १ ख ८४८५ नम्बरको बस आज बिहान ५ बजेतिर पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही-४ ​स्थित बबईसोता पुलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये
दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ ।

बस अनियन्त्रित भइ सडकदेखि १० मिटर तल खसेको बताइएको छ।

सवारी चालक रामेछाप सुनपति गाउँपालिका-३ निवासी ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बसमा १६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।दुर्घटनाको कारण भने खुलिसकेको छैन ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *