Home  
Janahit Voice

बन्दै गरेको पुलको खाल्डोमा मोटरसाइकल खस्दा एकजनाको मृत्यु

१५ आश्विन २०८०, सोमबार

काठमाडौं महानगरपालिका- ३१ शान्तिनगरको बागमती पुलनजिकै बन्दै गरेको पुलको खाल्डोमा मोटरसाइकल खस्दा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

मृत्यु हुनेमा मोटरसाइकलकाे पछाडि बसेका भक्तपुरको चाँगुनारायण नगरपालिका– ४ का १७ वर्षीय सुशील गुरुङ रहेका छन।

नयाँ बानेश्वरबाट तिनकुनेतर्फ जाँदै गरेको बा.प्र.०२-०३९ च ११९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खाल्डोमा खस्दा उनको मृत्यु भएको हो।

प्रहरीका अनुसार मोटरसाइकलचालक भक्तपुर चाँगुनारायण नगरपालिका- ४ का २० वर्षीय सरोज गुरुङको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। उनको दाहिने खुट्टा भाँचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

चालक गुरुङले मापसे गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको तथा उक्त दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *