Home  
Janahit Voice

दोलखा बाट॒ थप चार किलो सुन बरामद

१६ आश्विन २०८०, मंगलवार

दोलखा- दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा थप चार किलो सुन बरामद भएको छ ।

ढुङगा मुनि लुकाइराखेको सुन नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

यसअघि प्रहरीले जामुनेको होटेलबाट तीन किलो र चार किलो सुन सहित ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र श्रीमती ३० वर्षीया सुनमाला तामाङ,२८ वर्षीय केशर तामाङ, १८ वर्षीय पेम्बा तामाङ र लामाबगरको गोंगरका २० वर्षीय माधव मगरलाई पक्राउ गरेको थियो ।

चीनबाट अवैध रूपमा ल्याएको सुन लुकाएर राखेको सूचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।

तीन पटकमा ११ किलो सुन बरामद भएको छ । अरू व्यक्तिहरू फेला परेका छैनन् । खोज अनुसन्धान तीव्र रूपमा भइरहेको प्रहरीले बताएको छ।

पक्राउ परेकाहरूलाई सङ्गठित अपराध र भन्सार कानुन अनुसार कारबाही अगाडि बढाइएको बताएको छ। अनुसन्धान भइरहेकाले अहिले नै यथार्थ पुष्टि हुन बाँकी रहेको प्रहरीको भनाइ छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *