Home  
Janahit Voice

बाँकेको नेपालगन्जमा अनिश्चितकालका लागि कर्फ्यु

१६ आश्विन २०८०, मंगलवार

काठमाडौं- जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ।

सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार मंगलबार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाइएको छ।

केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो। हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक गरेको थियो।

मंगलबार बिहान नेपालगञ्जमा सद्भाव र्‍याली पनि निकालिएको थियो।

पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकासम्म कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले सूचनामा उल्लेख गरेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *