Home  
Janahit Voice

बझाङ भूकम्प जादा एक जनाको मृत्यु, दर्जनौं घरहरूमा क्षति

१७ आश्विन २०८०, बुधबार

चैनपुर- बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् ।

मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यस्तै दिउँसो ३ बजेर ६ मिनेटमा बझाङकै चैनपुर केन्द्रविन्दु आसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ ।

बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै सदरमुकाम र विभिन्न स्थानीय तहका दर्जनौं घरहरूमा क्षति भएको छ। सदरमुकामका पक्की घरहरू चर्किएका छन्। गाउँका कच्ची घर तथा विद्यालयहरू भत्किएका छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *