Home  
Janahit Voice

शुक्रबार प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र बझाङ जाने

१८ आश्विन २०८०, बिहीबार

काठमाण्डौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार (भोली) अवलोकनका लागि भूकम्प प्रभावित जिल्ला बझाङ जाने भएका छन।

बिहीबार सिंहदरबारमा बसेकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा प्रधानमन्त्री प्रचण्डले शुक्रबार भूकम्प प्रभावित जिल्ला बझाङको अवलोकन गर्ने बाताएका हुन।

‘‘सम्भावित विपद्जन्य घटनाका लागि पूर्व तयारी गर्नु र रहनुपर्ने हुन्छ । अहिले भूगर्भको स्थितिबारे केही जानकारी त छ, तर आम रुपमा नेपाल उच्च भूकम्प जोखिम क्षेत्रमा पर्छ । ‘कुनै पनि बेला कहीँ पनि यस्तो स्थिति आउनसक्छ । त्यसैले हुनसक्ने तयारी गर्नुपर्छ । परिषद्को अध्यक्षको नाता र प्रधानमन्त्रीको नाताले पनि एकपटक बझाङमै गएर प्रत्यक्ष अवलोकन गर्ने र त्यो रिपोर्ट आइसकेपछि स्टेप चाल्नेछौँ,’प्रचण्डले भने,।

यसैगरी, प्रधानमन्त्री प्रचण्डले भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन पनि दिएका छन।

मङ्गलबार दिउँसो ३ः०६ बजे को समयमा बझाङ केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पले बझाङमा एक जनाको ज्यान जानुका साथै २१ वटा सामुदायिक भवन, अधिकांश सामुदायिक विद्यालय र हजारौंको संख्यामा निजी व्यक्तिका घर भत्किएको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *