Home  
Janahit Voice

रवि लामिछाने राहदानी विरुद्दको मुद्दा न्यायाधीश अनिल सिन्हाको इजलासमा

२१ चैत्र २०७९, मंगलवार

 

राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछाने विरुद्द नागरीता दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निणय बिरुद्द सर्वच्च अदालतमा दर्ता भएको रिट न्यायाधिश अनिल सिन्हाको इजलासमा परेको छ। सोमबार दर्ता भएको रिट मंगलबारका लागि पेशी सूचिमा चढाइएको थियो। रविलामेछाने विरुद्द राहधानी दुरुपयोगको मुद्दा चलाउनुपर्ने मागसहित युबराज सफलले सोमबार सर्वोच्चमा रिट दर्ता गराएका थिए।

महान्यायाधिवक्ता कार्यालयले लामिछाने विरुद्द मुद्दा नचलाउने निणय गरेको थियो तर राहाधानी दुरुपयोगजस्तो गम्भिर बिषयमा मुद्दा नचलाउने निणय गरेर सरकारले संविधानकै उलङघन गरेको भन्दै पौडेल रिट बोकेर सर्वच्च अदालत पुगेका थिए। आइतबार नै रिट निवेदन लिएर गए पनि अदालतले अध्यनपछि सोमबार मात्रै दर्ता गरेको थियो ।

युवराज पौडेल आफै जिल्ला प्रहरी परिसर काठमाण्डौँमा उजुरी दिए र लामिछाने दोहोरो पासपोर्ट प्रयोग गरेको र त्यो संविधान तथा कानुन विपरीत काम तथा अपराध रहेको भन्दै तत्काल अनुसन्धान गरी कारबाही गर्न माग गरेका थिए। लामो समय अनुसन्धान गरी कारबाही गरेको प्रहरीले अन्त्यमा दोहोरो पासपोर्ट लिएको पुष्टि भएपनि पासपोर्टको दुरुपयोग नभएको भन्दै मुद्दा चलाउनु नपर्ने राय सहितको प्रतिबेदन सरकारी वकिल कार्यलयमा बुझाएको थियो । सोही प्रतिबेदनको आधारमा सरकारी वकिल कार्यलयले लामिछाने बिरुद्द मुद्दा नचलाउने निणय गरेको थियो। जिल्ला सरकारी वकिल कार्यलय र महान्यायाधिबक्ता कार्यलयले सदर गरेको थियो।

यस अघि प्रयोग भईसकेको नागरिकता प्रयोग गरी प्रतिनीधिसभा सदस्यमा निर्वाचित लडेका लामिछाने चितवन २ मा बिजयी बनेका थिए तर सर्वच्च अदालतले प्रक्रिया नपुगेको र नेपाली नागरीक नरहेको भन्दै उनको सांसद पद र निर्वाचन प्रक्रिया नै खारेज गरेको थियो। फेरी चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आगामी बैशाख १० गते उपनिर्वाचित हुदैछ।

सोमबार मात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका लामिछाने बिरुद्द सोमबार नै सर्वोच्चमा रिट दर्ता भएको थियो। रिट निवेदनमा लामिछानेलाइ उम्मेदवार बन्न नदिन अन्तरिम आदेशको माग समेत गरिएको छ। अदालतले रविबिरुद्दको मुद्दामा अन्तरिम आदेश जारी गरिदियमा उनको उम्मेदवारी समेत स्वत: खारेज हुनेछ। अन्तरिम आदेश दिन अस्विकार गरेको अवस्थामा भने उम्मेदवारी कायम भई निर्वाचनमा सहभागी हुन पाउनेछन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *