Home  
Janahit Voice

इजरायल आतंककारी हमलामा १० नेपालीको ज्यान गएको पुष्टि

२२ आश्विन २०८०, सोमबार

काठमाडौं- इजरायलको मध्य र दक्षिण क्षेत्रमा शनिबार प्यालेस्टाइनको हमास समूहले गरेको आतंककारी हमलामा १० नेपालीको ज्यान गएको छ।

राजदूतका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।

यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।

सारदा–२ सल्यानका विधान सेजुवाल, दंगीशरण–३ दाङका प्रवीण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुवैको खुट्टामा गम्भीर चोट लागेको छ ।

इजरायलका लागि नेपाली राजदूतावासले निधन भएका, घाइते भएका र बेपत्ता भएका नेपाली विद्यार्थीहरूको सूची आइतबार परराष्ट्र मन्त्रालयलाई पठाएको छ।

मृतक १० जना विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालयबाट बिएससी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एन्ड अर्नअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका थिए। सुदूरपश्चिम विश्वविद्यालयका ४९ जनाको समूह २७ भदौमा नेपालबाट इजरायल गएको थियो।

राजदूतका अनुसार मृतक १० जनाको शव नेपाल पठाउन व्यवस्थापन मिलाउनुका साथै बाँकी घाइते र बंकरमा सुरक्षितहरुलाई पनि चाँडोभन्दा चाँडो उद्धार गर्न प्रयासरत रहेको राजदुतले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *