Home  
Janahit Voice

हुम्ला जीप दुर्घटनामा घाइतेको उद्धार गर्न निगमको जहाज सिमकोट प्रस्थान

२२ आश्विन २०८०, सोमबार

काठमाडौं- काठमाडौंबाट नेपाल वायु सेवा निगमको जहाज हुम्लामा भएको जीप दुर्घटनाका घाइतेलाई लिन सिमकोट प्रस्थान गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले घाइते ९ जनाको उद्धार गर्न सोमबार बिहान नेपाल वायुसेवा निगमको जहाज हुम्ला पठाइएको जानकारी दिएका छन् ।

‘हिजो हुम्लामा भएको दुःखद जिप दुर्घटनाबाट घाइते भएका नौ जनालाई उद्धार गर्न वायुसेवा निगमको जहाज हुम्ला पठाइएको छ। बिरामीहरूको शिघ्र स्वास्थ्य लाभको कामना,‘अन्य क्षेत्रमा उडान प्रभावित हुन गइ असुविधा पर्न गएमा क्षमाप्रार्थी छौँ। मानवीयताको नाताले माफी दिनुहुन्छ भन्ने पूर्ण विश्वास छ।’मन्त्री किराँतीले सामाजिक सञ्जालमा लेखेका छन्,।

आइतबार दिउँसो सदरमुकाम सिमकोटबाट सिमकोटकै ठेहेतर्फ जाँदै गरेको बा २१ च ७३५३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा नौं जना घाइते भएका थिए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *