Home  
Janahit Voice

भक्तपुरमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु

२५ आश्विन २०८०, बिहीबार

काठमाडौं – भक्तपुरमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्लाघारीकी ६८ वर्षीय भुलिमाया धगुछु रहेकी छिन। उनलाइ आज बिहान बा६९प ९१० नम्बरको स्कुटरले भक्तपुर नगरपालिका-१ नगरकोटमोड नजिक ठक्कर दिएको थियो।

दुवाकोटबाट सल्लाघारी जाँदै गरेको स्कुटरले बाटो क्रस गर्ने क्रममा भुलिमायालाई ठक्कर दिएको हो

गम्भीर घाइते भएकी उनको डा.ईवामुरा अस्पताल भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

ठक्कर दिने स्कुटर चालक दोलखाकको तामाकोशी गाँउपालिका- ४ घर भई भक्तपुर दुवाकोट बस्ने ३६ वर्षीय यम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *