Home  
Janahit Voice

कोशी, बागमती र गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना

२६ आश्विन २०८०, शुक्रबार

काठमाडौँ- हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम पूर्वानुमान् महाशाखा अनुसार हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको पूर्वानुमान् गरेको छ।

आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भुभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ महाशाखाले जानकारी दिएको छ।

राति पनि कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *