Home  
Janahit Voice

मकवानपुरमा च्याउ खाँदा ६ जना बिरामी

२७ आश्विन २०८०, शनिबार

हेटौँडा- मकवानपुरको बकैया गाउँपालिका –३ मा च्याउ खाँदा ६ जना बिरामी परेका छन् ।

आफ्नै घर छेउमा उम्रेको च्याउ खाँदा शुक्रबार उनिहरु विरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

च्याउ खाएर बिरामी पर्नेहरुमा बकैया गाउँपालिका ३ स्थित बसनका वर्ष ७० का शुभेसिंह भोलन, उहाँको श्रीमती वर्ष ६५ की ठुलीमाया भोलन, छोरा वर्ष २६ को गङ्गालाल भोलन, वर्ष ३० का निरोज रुम्बा, उनको श्रीमती वर्ष ३० की सम्झना रुम्बा र भाउजु वर्ष ३६ की फूलमाया रुम्बा रहेका छन।

च्याउ खाई बिरामी भएकाहरुको हेटौँडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *