Home  
Janahit Voice

चितवनमा स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु

२८ आश्विन २०८०, आईतवार

चितवन- आज बिहान ७ः४५ बजे नारायणगढ–मुग्लिन सडकखण्डमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका वडा नं ६ बस्ने २४ वर्षीया सङ्गीता भण्डारी रहेकी छन् ।

प्रहरीका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ नौकिलो नजिक बाप्र०२०४६प १६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई पल्टिँदा चालक भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक भण्डारीको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *