Home  
Janahit Voice

आजदेखि गैरआवासीय नेपालीले नागरिकता पाउने

३० आश्विन २०८०, मंगलवार

काठमाडौं- आजदेखि नेपाल सरकारले गैरआवासीय नेपाल (एनआरएन)लाई नागरिकता दिने भएको छ ।

प्रधानमन्त्री प्रचण्डले एनआरएनको सम्मेलनको सन्दर्भ पारेर नागरिकता वितरण सुरु गर्न लागेका हुन् ।

प्रचण्डको सचिवालयको अनुसार एनआरएनका अध्यक्ष कुल आचार्यलाई पहिलो गैरआवासीय नेपाली नागरिकता दिन लागिएको हो ।

उनीसँगै पदाधिकारीलाई पनि गैरआवासीय नेपाली नागरिकता प्रदान गरिने बुझिएको छ । नागरिकता प्राप्त गरेपछि उनीहरुले ईश्वर,देश र जनताको नाममा शपथ लिनुपर्ने हुन्छ ।

गत भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले नेपाल नागरिकता नियमावली तेस्रो संशोधनमा शपथको व्यवस्था गरेको हो भने गत जेठ १७ गते नागरिकता ऐनमा गैरआवासीय नेपालीले नागरिकता पाउन सक्नेगरी संशोधन गरिएको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *