Home  
Janahit Voice

चीनमा रहेका गृहमन्त्री श्रेष्ठलाई हृदयघात, उपचार बेइजिङमै हुने

२ कार्तिक २०८०, बिहीबार

काठमाडौं- चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ। मुटुको भल्भमा समस्या देखिएपछि श्रेष्ठलाई बेइजिङस्थित एक अस्पतालमा भर्ना गरिएको माओवादी केन्द्रका एक उच्च नेताले जानकारी दिए।

स्रोतले भन्यो, ‘हिजो एक्कासी उहाँलाई हर्टअट्याक भएपछि इमर्जेन्सी, अस्पतालमा पुर्‍याएको थियो। उनको अवस्था अहिले सामान्य रहेको छ। ’

स्रोतका अनुसार श्रेष्ठलाई माइल्ड हर्टअट्याक भएको हो। भल्भमा रक्तसञ्चारमा देखिएको अवरोध खुलिसकेको बताइएको छ। गृहमन्त्री श्रेष्ठको मुटुमा एन्जियोप्लाष्ट गरी एउटा स्ट्याण्ड राखिएको छ।

श्रेष्ठ तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीन गएका छन्। बुधबार उनले तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इण्टरनेशनल कोअपरेशन’को उद्घाटन समारोहलाई सम्बोधन गरेका थिए।

चीनले २०१७ मा पहिलो र २०१९ मा दोस्रो बीआरएफ आयोजना गरेको थियो। बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो। बीआरआई सडक, पूर्वीय सभ्यताको विकास, देशहरूबीचको सहयोग एवम् भाइचारा र पर्यावरण लगायत दिगो विकासमा योगदान पुर्‍याउने चिनियाँ पहलको महत्त्वपूर्ण अन्तराष्ट्रिय परियोजना हो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *