Home  
Janahit Voice

त्रिदेशीय टी-२० सिरिजमा नेपाल र युएईबीच आज फाइनल हुँदै

१० कार्तिक २०८०, शुक्रबार

काठमाण्डौं- घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० आइ सिरिजको उपाधिका लागि आज नेपाल र यूएई भिड्दैछन्।

शुक्रबार बिहान ११ बजेदेखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र युएईबीच फाइनल हुन लागेको हो। नेपालले अपराजित रहेर फाईनल खेल्न लागेको हो।

सिरिजमा नेपालले हङकङ र यूएईलाई समान दुई खेलमा हराएको थियो।

उता यूएई भने सिरिजको अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भए पनि नेट रनरेटमा अघि रहँदै फाइनल खेल्न लागेको हो।

यूएईले हङकङलाई एक खेलमा हराएको थियो। समान २ अंक भएपनि यूएईले नेट रनरेटको कारण फाइनल खेल्न लागेको हो।

नेपालले पछिल्लो खेलमा यूएईलाई ५ विकेटले हराएको थियो। सिरिजपछि नेपालले घरेलु मैदानमा नै आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट खेल्नेछ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *