Home  
Janahit Voice

मुगु सामूहिक हत्या प्रकरण: शंकास्पद एक जना प्रहरीको नियन्त्रणमा

१३ कार्तिक २०८०, सोमबार

सुर्खेत- मुगुमा तीन बालबालिकासहित चार जनाको हत्या गरिएको विषयमा शङ्कास्पद एक जनालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ जारी राखेको छ ।

नियन्त्रणमा लिएको ती व्यक्तिको नाम ठेगाना भने गोप्य राखिएको बताइएको छ। अनुसन्धानमा बाधा नपुगोस् भन्ने उद्देश्यले नाम सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ।

‘कुनै ‘क्लु’ पत्ता लागेर भन्दापनि शङ्काको आधारमा सोधपुछका लागि मात्र हो, यसलाई पक्राउ भन्न मिल्दैन,’ घटनामा सक्रिय एक प्रहरीले भने । ती प्रहरीका अनुसार अहिलेसम्म घटनाको विषयमा कुनै ‘क्लु’ पत्ता लागेको छैन ।

तालिम प्राप्त कुकुर, प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोली र जुम्लाबाट पनि अनुसन्धान विशेष टोली खटिएको छ। तर, तालिम प्राप्त कुकुरले पनि कुनै सङ्केत दिन नसकिरहेको प्रहरीको भनाइ रहेको छ।

शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।

घटना बुधबार बेलुका नै घटेको र प्रहरीले ढिला गरी थाह पाएका कारण पनि अनुसन्धानमा कठिनाइ भइरहेको अनुसन्धान सक्रिय एक प्रहरी बताउछन। शनिबार शव जिल्ला अस्पतालमा ल्याइएको भए पनि पाेस्टमार्टम हुन सकिरहेको छैन।

परिवारले घटनाको सत्यतथ्य पत्ता नलागेसम्म शव नबुझ्ने अडान राखेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *