Home  
१५ कार्तिक २०८०, बुधबार
पूर्वी नवलपरासीको मोबाइल पसलमा आगो लाग्दा करिब ८० लाखको क्षति
काठमाण्डौं- पूर्वी नवलपरासीमाको एक मोबाइल पसलमा आगलागी भएको छ। गएराति हुप्सेकोट गाउँपालिका– ४ झ्यालबास बजारमा रहेको दाजुभाइ मोबाइल पसलमा विद्युतको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
झ्यालबास बजारमा यमबहादुर बाकवलको दुईतले घरको तल्लो तलामा सञ्चालनमा रहेको हुप्सेकोट– १ जुकेपानी बस्ने खेमु गाहाले सञ्चालन गर्दै आएको मोबाइल पसलमा आगलागी भएको हो।
राति सवा १२ बजेतिर भएको आगलागी करिब एक घन्टापछि मात्रै प्रहरी, दमकल र स्थानीयको सहायतामा नियन्त्रणमा लिइएको थियो।
क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।आगलागीबाट करिब ७०–८० लाख रुपैयाँबराबरको क्षति भएको पसल सञ्चालकले बताएका छन।