Home  
Janahit Voice

जाजरकोट – भुक्म्पले पश्चिममा मृत्यु हुनेको सङ्ख्या १३७ पुग्यो

१८ कार्तिक २०८०, शनिबार

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी १३७ जनाको मृत्यु भएको छ। जाजरकोट र रुकुमपश्चिममा गरी १३७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ । कम्पमा परी दुई जिल्लामा १५० बढी घाइते भएका छन् । उनीहरूको उद्दार र उपचारको काम भइरहेको प्रहरीको भनाइ छ । जाजरकोटको रामी डाँडा केन्द्रविन्दु बनाएर शुक्रबार मध्यरातमा भूकम्प गएको थियो ।
भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुममा खोज तथा उद्धारका लागि ३६७ जना सशस्त्र प्रहरी परिचालन भएका छन् ।

भूकम्पमा परेकाहरुको खोज तथा उद्धारका लागि जाजरकोटमा ६ नम्बर महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट डा. निश्चल घिमिरेको कमाण्डमा चार जना मेडिकल टोली खटिएको छ । ३२ नम्बर गण सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७० जना, ४२ नम्बर रिजर्भ गण बाँकेबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २२ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित २५जना र आश्रित गुल्म जाजरकोटबाट ७० तथा आश्रित गुल्म दैलेखबाट २५ जना गरी जम्मा १९४ जना सशस्त्र प्रहरी आवश्यक उद्धार सामग्रीसहित खटिएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटलाई केन्द्र बनाएर ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *